१ फाल्गुन २०८१, बिहीबार

राष्ट्रिय सभामा महरा र स्नेही विजयी



डोटी । आज सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचन अल्पसंख्यक/अपाङ्गबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार महेश महरा र दलितबाट एमालेका चक्रप्रसाद स्नेही विजयी भएका छन् ।
महराले तीन हजार सात सय आठ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिद्वन्दि नेपाली काग्रेसका उम्मेदवार छत्रराज जोशीले एक हजार नौ सय आठ मत प्राप्त गरे गरे ।
दतिल तर्फ एमालेका चक्रप्रसाद स्नेहीले तीन हजार सात सय आठ मत प्राप्त गरेका थिए । उनका प्रतिद्धन्दी शेरिराम पार्कीले एक हजार आठ सय ९० मत प्राप्त गरेका थिए । स्थानिय तहको एक मतदाताको मत बदर भएकोले पार्कीले केही कम मत पाएको बताईन्छ ।
सिलगढीको पदमपव्लिक माध्यामिक विद्यालयमा मतदान भएको थियो । चुनावमा एमाले कञ्चनपुरका अध्यक्ष तारा लामा तामाङले पहिलो मतदान गरेका थिए । उनले १० बजेर पाँच मिनेटमा मतदान गरेका हुन ।


सात नम्वरका अधिकांश मतदाताहरु मंगलवार नै डोटीको सदरमुकाम सिलगढी पुगिसकेका थिए । चुनावमा लागि स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रदेश सभाका सदस्य गरेर दुई सय २९ जना मतदाता थिए ।
चुनावमा लागि स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रदेश सभाका सदस्यको मतभार भने फरक रहेको छ । स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार समान १८ छ भने प्रदेश सभाका सदस्यको मतभार ४८ कायम गरिएको छ ।
सात नम्वरबाट तीन पुरुष र तीन महिला गरेर छ जना निर्विरोध भइसकेका छन । निर्विरोध हुनेमा पुरुषतर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरिराम चौधरी, नेपाली काँग्रेसका बद्रीप्रसाद पाण्डे रहेका छन् । यस्तै महिला तर्फ एमालेका कमला ओली, ईन्दु कडरिया र नेपाली काँग्रेसका तारादेवी भट्ट रहेका छन् । 

राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश नम्बर ७ मा राष्ट्रिय जनता पार्टी नेपालका सांसदले भोट हालेनन्। दुई जना सांसद रहेको राजपाका सांसद बुधबार भएको मतदानमा सहभागी भएनन्। कैलालीबाट चुनाव जितेका कृष्णकुमार चौधरी र मालती राना थारुले मतदान नगरेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जनाए  ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार