१ आश्विन २०८१, मंगलवार

बाजुरामा स्वास्थ्य बीमा कार्यक्रम लागू



बाजुरा । स्वास्थ्य मन्त्रालयको प्राथमिकता प्राप्त कार्यक्रममा रहेको स्वास्थ्य बीमा कार्यक्रम बाजुरा जिल्लामा लागू हुने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा पत्रकारसँग भएको सामाजिक स्वास्थ्य सुरक्षा सम्बन्धि अभिमुखीकरणमा सामाजिक स्वस्थ्य सुरक्षा बिमा बार्डका सिअहेव भरत बोहराले आँउदो जेठ १ गतेबाट कार्यक्रम सुरू हुने बताए ।
उनले भने, जेठ १ गतेबाट दर्ता कार्य सुरु हुने र घरघरमा दर्ता सहयोगी आउने भएकाले सबैलाई दर्ता गर्न आग्रह पनि गरेका छन् ।
उनले सामाजिक स्वस्थ्य शुरक्षा कार्यक्रममा ५ जना सम्मको परिवारले वार्षिक रूपमा प्रतिपरिवार दुई हजार पाँच सय तिर्नुपर्ने बताए । स्वास्थ्य बिमाका लागि पाँच जनासम्मको परिवारले वार्षिक दुई हजार पाँच सय रुपैयाँ तिरेपछि सो परिवारले वार्षिक ५० हजारसम्मको स्वास्थ्य सेवा प्राप्त गर्नेछन् ।
यसैगरी, ५ जना भन्दा बढि भए प्रति सदस्य चार सय २५ रुपैयाँका दरले थप रकम तिर्नुपर्ने उनको भनाई रहेको छ । यो कार्यक्रम अन्तर्गत बहिरंग सेवा, एक्सरे, अल्ट्रासाउण्ड, इन्डोस्कोपी, फिजीयोथेरापी, आँखा सेवा, मधुमेह, प्रजनन् स्वस्थ्य लगाएत २८ वटा सेवा रहेको जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार