२९ पुष २०८१, सोमबार

प्रदेश सभा बैठक : संसद अधिवेशनको तयारी पुरा



धनगढी । प्रदेश नम्बर ७ को पहिलो संसद अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । अधिवेशनका लागि कैलालीको धनगढीमा रहेको जिल्ला समन्वय समितिको सभाहलमा पुर्न:निर्माण, रंगरोगनसहित कार्पेट विछ्याउने र कुर्सी राख्ने काम पुरा भइकेको छ ।
सभाभवनको ड्यासमा ज्येष्ठ सदस्यको कुर्सी राखिएको छ । संसद सचिव मुरारी महतका अनुसार ज्येष्ठ सदस्य दिव्यश्वरीले सभामुखकै हैसियतमा सभा सञ्चालन गर्ने छिन् । फ्लोरमा ५३ सांसदहरूका लागि ५४ कुर्सी छ । फ्लोरपछाडि स्टिलको पर्खालले बारिएको कक्षमा सञ्चारकर्मी लगायतका दर्शकका लागि ६० वटा कुर्सी पनि राखिएको छ ।

सात नम्वर प्रदेश सभाका केही सांसदहरू संसद वैठक कक्ष अवलोकनपछि संसद भवन वाहिर तस्वीर लिदै । तस्बिर : प्रकाशविक्रम शाह

सभाहलभित्र फ्लोरमा निलो कार्पेट विछ्याईएको छ । पहिलो अधिवेशन भन्दा केही समय पहिले नमुना बैठक सञ्चालन गरिने प्रदेश संसद सचिव महतले जानकारी दिए ।
शनिबार साँझ नै नमुना बैठक गर्ने भनिएको भएपनि साँझसम्म कुर्सी राख्न ढिलाई भएकाले आइतवार विहान मात्रै नमूना वैठक गरिने भएको हो ।
संसद अधिवेशनका लागि कार्यसूची शुक्रबार नै तय भईसकेको छ । ७ नम्बर प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा शुक्रबार प्रदेश कार्यालयमा भएको संसदमा रहेका चार दलका सांसदको बैठकले पहिलो अधिवेशनको कार्यसूची तय गरेको हो ।
भोलि (आइतबार) दिउँसो १ वजे हुने संसदको पहिलो अधिवेशनमाको शुरुमा प्रदेश प्रमुख मोहनराज मल्लको प्रदेश सभा वैठक आव्हान सम्वन्धी सूचना ज्येष्ठ सदस्य शाहले पढेर सुनाउने कार्यक्रम तय भएको छ ।
त्यस्तै, दोस्रो प्रस्तावमा अधिवेशन सञ्चालन सम्वन्धी अन्तरिम कार्यविधी पास गरिने छ । अधिवेशनमा दलका तर्फबाट एक/एक जना सांसदले विशेष समय लिएर वोल्ने कार्यसूची पनि बनेको छ । कुन दलबाट को सांसद वोल्ने भन्ने टुंगो सम्बन्धित दलले लगाउने छ । दलले टुंगो लगाएको व्यक्तिलाई अधिवेशनमा वोल्न पाउने सहमति वैठकमा भएको संसद सचिव महतले बताए ।
उनका अनुसार प्रदेश संसदको पहिलो बैठकले ज्येष्ठ सदस्य उपस्थित नभएको वेला सदन चलाउन एउटा प्यानल पनि गठन .गर्ने छ । त्यस्तै, सोही बैठकले नै प्रदेश सभामुखको निर्वाचनको मिति तय गर्ने र कार्य व्यवस्था परामर्श समितिको गठन पनि गर्ने सहमति भएको छ । समितिमा चार दलका चार जना सदस्य रहने सम्भावना छ ।

प्रदेश सांसदहरुको हाजिरी उठाउने क्याबिनको मर्मत संभारको अवलोकन गर्दै संसद सचिव मुरारी महत ।

सात नम्वर प्रदेशमा एमालेका २५, माओवादीका १४, कांग्रेसका १२ र राजपाका दुई जना प्रदेश सांसद रहेका छन् ।
संसदले प्रदेशको स्थायी राजधानी सम्वन्धी छलफल सभामुख चयनपछि सहमतिमा गर्न सक्ने बताइएको छ । संसद वैठक व्यवस्थित गर्न ३० जना मर्यादापालकको तालिम पनि भइसकेको प्रदेश संसद सचिव महतले बताए ।
संसद भवन निर्माण तथा पुर्ननिर्माण हुन थालेपछि वैठक कक्ष हेर्नका लागि सर्वसाधारणको घुँइचो पनि लाग्ने गरेको छ । पहिलो अधिवशेनमा सांसद वाहेकका पत्रकार र विशिष्ट दर्शकका लागि पासको व्यवस्था गरिएको छ ।
कतिपय निर्माण कार्य शनिवार राति र आइतबार १२ बजेसम्म सञ्चालन भइरहेको छ । संसद भवन, प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख/उपसभामुख, मन्त्रीहरू, दलका प्रमुख र कार्यालयहरूको मर्मत र पुर्ननिर्माणका लागि १५ करोड रुपैयाँ छुट्याइएकोमा सात करोड ५० लाख रुपैया शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय कैलालीमा आइसकेको छ । भने मुख्यमन्त्री र विभिन्न मन्त्रालयका लागि ४७ करोड विनियोजन भएकोमा ४५ करोडको अख्तियारी आएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार