३१ भाद्र २०८१, सोमबार

बैद्यनाथ कटानको उच्च जोखिममा



अछाम । अछामको प्रसिद्ध धार्मिकस्थल वैद्यनाथ धाम कटानको उच्च जोखिममा परेको छ । वैद्यनाथ धाम नजिकै भएर बग्ने बुढीगंगा नदीले वर्षेनी कटान गर्दै गएको छ । कटान रोक्नको लागि पहल भए पनि प्रभावकारी हुन सकेको छैन ।
१९८६ सालमा छिपेखोलामा आएको बाढीले वैद्यनाथ क्षेत्रका सबै संरचना बगाएको थियो । मन्दिर छेत्रका सबै संरचना बगाएको भए पनि त्यहाँ रहेको शिवलिङ्ग भने यथास्थानमै फेला परेको बताइन्छ ।
शिवलिंग फेला परेपछि फेरि मन्दिर स्थापना गरी पूजाआजा गर्ने कार्य सुरु गरिएको थियो । वैद्यनाथ धाम नजिकै भएर बग्ने बुढीगंगा नदीले वर्षेनी कटान गर्दै आएपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन् । धार्मिक तथा ऐतिहांसिक महत्त्व वोकेको क्षेत्रको कटान रोक्नको लागि सरोकारवालले ध्यान दिनुपर्ने पर्ने स्थानीयको भनाई रहेको छ ।
छिपेखोलामा आएको बाढीले वैद्यनाथ क्षेत्रका सबै संरचना बगाएको पछि अहिले वैद्यनाथ क्षेत्र उजाड भएको छ । विगतमा जल उत्पन्न प्रकोप कार्यालय र जिल्ला विकास समितिको पहलबाट कटान रोक्नको लागि पहल भए पनि प्रभावकारी भएन । अहिले नयाँ स्टिमेट बनाएर कटान रोक्नको लागि पहल भईरहेको वैद्यनाथ लक्ष हवनात्मक अर्धकुम्भ महोत्सवका उपाध्यक्ष डण्डीराज जोशीले बताए ।
साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवर धार्मिक तथा ऐतिहांसिक महत्त्व वोकेको वैद्यनाथ क्षेत्रको कटान रोक्नका पहल गर्ने बताए ।
सांसद भीम रावल वैद्यनाथ क्षेत्रको कटान रोक्नका लागि आफूले पहल गर्ने बताए । उनले नयाँ सरकार बनेपछि वैद्यनाथ क्षेत्रको कटान रोक्नको लागि स्थानीयको सुझाव सल्लाह अनुसार अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
बराहक्षेत्र, पाशुपतक्षेत्र र मुक्तिनाथ जत्तिकै आस्थाको केन्द्र मानिने वैद्यनाथ सुदूरको महत्वपूर्ण धार्मिक केन्द्रका रुपमा परिचित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार