६ कार्तिक २०८१, मंगलवार

ओली र स्वराजको ‘वान टु वान’ वार्ता



काठमाडौँ । एमाले अध्यक्ष केपी ‌ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ । होटल सोल्टीमा उनीहरुको ‘वान टु वान’ वार्ता भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।
छलफल दुई देशबीचको सम्बन्ध, नेपाल पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा केन्द्रित थियो ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओली र स्वराजको एक्ला एक्लै वार्ता सकिएपछि दुई पक्षीय संयुक्त छलफल भइरहेको छ । छलफलमा एमाले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, नेता सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेललगायत सहभागी छन् । त्यस्तै भारतीय पक्षबाट विदेशमन्त्री स्वराज, विदेश सचिव, विदेश मन्त्रालयका प्रवक्तासहितका छन् ।
बिहीबार दिउँसो काठमाडौं उत्रेकी भारतीय विदेशमन्त्री स्वराजका लागि एमाले होटल सोल्टीमै रात्रिभोजको आयोजना गरेको छ । ओलीको रात्री भोजमा अधिकांश राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने बताइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भने उनले शुक्रबार बिहान भेट्ने छिन्। संविधानमा भारतले पहिलेदेखि नै आफ्नो असन्तुष्टि ब्यक्त गरिरहेको भए पनि निर्वाचन सम्पन्न भएर वाम गठबन्धनको सरकार बन्ने निश्चित भएपछि यो प्रकारको भ्रमणमा उनी आएकी हुन् ।
भ्रमण अचानक नै भएपनि भारतीय पक्ष पूर्ण तयारी र स्पष्ट एजेण्डासहित आएकोमा दुई मत नभएको भारतस्थित नेपाली दूतावास स्रोतले दाबी छ ।

ईकान्तिपुर

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार