१० श्रावण २०८१, बिहीबार

एसपीए लालझाडी कप क्रिकेट : जयदुर्गे युवा क्लव विजयी



कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा जारी एसपीए लालझाडी कप टि–ट्वान्टी क्रिकेटको सोमबारको खेलमा जयदुर्गे युवा क्लव वेलौरी विजयी भएको छ ।
जयदुर्गेले लिटिल फ्लावर स्कुललाई एक सय ३३ रनको फराकिलो अन्तरले पराजित गर्‍यो ।
टस जितेर ब्याटिङ रोजेको जयदुर्गेले १८ ओभरमा पुरै विकेट गुमाउँदै एक सय ९९ रन बनायो ।
जयदुर्गेका एमपी सिंहले ५१ तथा दीपक चन्दले ४० रनको पारी खेले ।
दुई सय रनको विजयी लक्ष्यसहित ब्याटिङमा उत्रिएको लिटिल फ्लावर १३ ओभरमा ८६ रनमा अलआउट भयो ।
लिटिल फ्लावरमाथि एक सय ३३ रनको विजय प्राप्त गर्ने क्रममा जयदुर्गेका सगुन शाहले चार ओभरमा २३ रन खर्चेर ६ विकेट लिए । उनी म्यान अफ द म्याच भए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार