डडेल्धुुरामा ट्याक्टर दुर्घटना, एकको मृत्यु, ८ घाइते



डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । सोमबार राति ८ बजेतिर मलामी बोकी फर्किरहेको से १ त ८९०८ नम्बरको ट्याक्टर अमरगढी नगरपालिकास्थित बागबजार र स्याउलेको बीचमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी अमरगढी नगरपालिका ८ टाटरका ३३ वर्षिय लालबहादुर दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घाइतेहरुमा शिव दमाई, दिलिप दमाई, दीपक ढोली, मनोज दमाई, हरि दमाई, सन्तोष दमाई, प्रकाश दमाई र वीरेन्द्र नेपाली रहेका छन् ।
घाइतेहरूको उपचार डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक चक्रराज जाशीले जानकारी दिए । उनका अनुसार ट्याक्टर अनियन्त्रित भई नालीमा पल्टिएको थियो ।

प्रतिक्रिया दिनुहोस्