८ चैत्र २०८१, शनिबार

एसपिए लालझाडी कप क्रिकेट : ढकिया युवा क्लव र विश्वज्योति विजयी



कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा जारी एसपिए लालझाडी कप टि–ट्वान्टी क्रिकेटको आइतबारको खेलमा भारतको ढकिया युवा क्लव र भन्सारको विश्वज्योति युवा क्लव विजयी भएको छ ।
ढकियाले लालझाडी युवा क्लवलाई हरायो भने अर्को खेलमा विश्वज्योतिले नागार्जुन युवा क्लव धनगढीलाई पराजित गर्‍यो ।
आइतबार भएको पहिलो खेलमा ढकियाले लालझाडी युवा क्लवलाई ३० रनले पराजित गर्‍यो ।
टस जितेर पहिले व्याटिङ गरेको ढकिया क्लवले निर्धारित १२ ओभरमा आठ विकेट क्षतिमा एक सय २० रन बिशाल स्कोर खडा गर्‍यो । ढकियाका मिथुन रानाले बिस्फोटक पारी खेल्दै ५५ रन बनाए भने राजकुमार रानाले ३८ रन बनाए ।
एक सय २१ रनको कठिन विजयी लक्ष्य सहित मैदानमा उत्रिएको लालझाडीले ११ ओभरमा सबै विकेट गुमाएर ८० रनमा सीमित भयो । ढकियाका शिव रानाले चार ओभरमा १२ रन खर्चेर तीन विकेट लिए । उनी खेलको म्यान अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा विश्वज्योतिले नागार्जुन युवा क्लवलाई ६५ रनले पराजित गर्‍यो । टस हारेर ब्याटिङको निम्तो पाएको विश्वज्योतिले निर्धारित २० ओभरमा आठ विकेट क्षतिमा एक सय ७४ रन बनायो । विश्वज्योतिका चन्दन रावलले ४१, सुरेन्द्र पन्तले ४० र नरेन्द्र साउँदले २३ रन बनाए ।
जवाफमा नागार्जुन १८ ओभरमा एक सय नौ रनमा अलआउट भयो । खेलको म्यान अफ द म्याच विश्वज्योतिका नरेन्द्र साउँद भए । उनले चार ओभरमा ११ रन खर्चेर तीन विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार