१६ मंसिर २०८०, शनिबार

भालुको पित्तसहित एक पक्राउ



धनगढी । भालुको पित्त र जडिबुटीसहित कैलालीमा एक जना पक्राउ परेको छ ।
जुम्ला सुनीगाउँ–८ बस्ने ६५ वर्षिय सुनम धिताललाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
क्षेत्रीय अनुसन्धान समूह (आरआईटी) सुप र सेती अञ्चल अनुसन्धान समूहको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका–२ बाट उनलाई पक्राउ गरेको जनाइएको छ ।
टोलीले उनीबाट ७० ग्राम भालुको पित्त र रक्तचन्दन, पदमचाल, कुटुकी, सतुवा, हिङ, निलबिसी र शिलाजित लगायतका जडिबुटी बरामद गरेको छ ।
उक्त अबैध जडिबुटीहरु कुन ठाउँबाट आयात गरेको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको क्षेत्रीय प्रहरी प्रमुख माधव नेपालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार