सरकारले मनपरी ढंगले निर्णय गरिरहेको आरोप



अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले वर्तमान सरकारले मनपरी ढंगले निर्णय गरिरहेको आरोप लगाएका छन् ।
नेपाल प्रेस चौतारी अछामले शुक्रबार साफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय आगामी सरकारले पुनर्विचार गर्ने बताए ।
उनले सरकारले सामाजिक सुरक्षा भत्ता र भूकम्पपीडितको राहतसम्बन्धी गरेका निर्णय गलत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्