७ पुष २०८१, आईतवार

बझाङका बिशाल उदयमान खेलाडी घोषित



बझाङ । खेल मैदान नै नभएको बझाङ जिल्लाका एक खेलाडी यस वर्षको उदयमान खेलाडी बनेका छन् ।
जिल्लाको विकट दुर्गाथली गाउँपालिका वडा नम्बर ७ का विशाल विक उदयमान वर्ष खेलाडी घोषित भएका छन् ।
नेपाल भलिवल संघले पहिलो पटक भलिवल विकासमा योगदान पुर्‍याउने खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको हो । संघले महिला र पुरुष गरी आठ विधामा सम्मान गरेको छ ।
यस्तै, महिलातर्फ उदयमान खेलाडी कामना विष्ट सम्मानित भएकी छन् । विशाल र कामनाले जनही १५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
उत्कृष्ट महिला खेलाडी न्यू डाइमन्डकी प्रतीभा माली भइन् भने पुरुषतर्फ मानबहादुर श्रेष्ठले हात पारे । उनीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
त्यस्तै, राष्ट्रिय भलिवल प्रशिक्षक जगदिश भट्ट उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार