५ कार्तिक २०८१, सोमबार

राष्ट्रिय सभा सदस्य निर्वाचन : प्रदेश ७ मा छ जना निर्विरोध निर्वाचित



डोटी । राष्ट्रिय सभा सदस्य निर्वाचनका क्रममा बुधबार उम्मेदवारको मनोनयन दर्ता भएको छ । प्रदेश नम्बर ७ मा तीन दलका तर्फबाट दश जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
हरेक प्रदेशबाट तीन खुला, तीन महिला, एक दलित तथा एक अल्पसंख्यक÷अपाङ्गता भएका व्यक्ति गरि आठ जना राष्ट्रिय सभा सदस्य चुनिने संवैधानिक व्यवस्था रहेको छ ।
प्रदेश नम्बर ७ मा खुला (तीन) र महिला (तीन) तर्फ निर्विरोध निर्वाचित भएका छन् । यद्यपि निर्वाचन कार्यालयले यसको आधिकारिक घोषणा गरेको छैन ।
खुलातर्फ नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबाट एक/एक जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
खुलातर्फ काँग्रेसबाट केन्द्रीय सदस्य बद्रिप्रसाद पाण्डे, एमालेबाट अछामका जिल्ला अध्यक्ष शेरबहादुर कुँवर तथा माओवादी केन्द्रबाट कैलाली जिल्ला इन्चार्ज हरिप्रसाद चौधरीको उम्मेदवारी दर्ता भएको छ ।
प्रदेश नम्बर ७ का लागि राष्ट्रिय सभा सदस्य निर्वाचनका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार महिला सिटतर्फ काँग्रेसका तारादेवी भट्ट (कञ्चनपुर) र एमालेबाट कमला ओली र शहरी विकास एमाले जिल्ला कमिटि सदस्य इन्दु कडरियाको उम्मेदवारी परेको छ ।
त्यस्तै, दलितर्फ काँग्रेसबाट शेरिराम पार्की र एमालेबाट चक्रप्रसाद स्नेहीको उम्मेदवारी दर्ता भएको छ ।
अल्पसंख्यक अपाङ्गता भएका व्यक्तितर्फ काँग्रेसबाट छत्रराज जोशी तथा माओवादी केन्द्रबाट केन्द्रीय सदस्य महेशकुमार महराले मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार