चौरीको पुच्छर र हाडसहित एक पक्राउ



अछाम । चौरीगाईको पुच्छर र हड्डीसहित अछाममा एक जना पक्राउ परेका छन् । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर ६ का कुङ्गा लामालाई अछामको ढकारी गाउँपालिका–१, सैनबजारमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
गस्तीमा गएको प्रहरीले लामालाई चेकजाच गर्दा चौरीगाईको सेतो पुच्छर सात थान र कालो पुच्छर एक थान र हड्डी पनि फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । अबैध रूपमा चौंरीको पुच्छरसहित पक्राउ परेका लामालाई जिल्ला प्रहरी कार्यालयले आवश्यक कारवाहीका लागि जिल्ला पशुसेवा कार्यालयमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्