६ कार्तिक २०८१, मंगलवार

गोदावरी नगरपालिकाका नगरप्रमुखको घरमा बम बिष्फोट



धनगढी । कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिहं साउँदको घरमा अज्ञात समूहले बम बिष्फोट गराएको छ ।
बुधबार राति २ बजेतिर घरको कम्पाउन्डभित्रै बम बिष्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
ठूलो आवाजमा बम बिष्फोट भए पनि उक्त समयमा पानी परिरहेकाले चट्याङ परेको भनेर खासै वास्ता नगरेको र बिहान उठेर हेर्दा बम पड्किएको देखिएको नगरप्रमुख साउँदले जानकारी दिएको प्रहरी प्रवक्ता वीरबहादुर बुढामगरले जानकारी दिए ।
बम बिष्फोटबाट घरको पछाडिको पर्खाल भत्किएको भए पनि अन्य क्षति नभएकोे उनले जानकारी दिए ।
प्रहरी प्रवक्ता बुढामगरले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार