१४ कार्तिक २०८१, बुधबार

पानीको अभावमा प्रसूति सेवा बन्द



बैतडी । बैतडीको पुरचौंडी नगरपालिका वडा नम्बर–९ मा रहेको तल्लादेही स्वास्थ्य चौकीमा पानीको अभावका कारण प्रसूति सेवा बन्द भएको छ । झण्डै एक वर्ष यता स्वास्थ्य संस्थामा आउने पानी बन्द भएपछि प्रसूति सेवा बन्द भएको तल्लादेही स्वास्थ्य चौकीले जनाएको छ ।
स्वास्थ्य चौकीमा प्रसूति सेवा बन्द भएपछि गर्भवती महिलाहरु घरमै बच्चा जन्माउन बाध्य भएका छन् । अहिले सम्म ३० जनाले घरमै बच्चा जन्माएका छन् । स्वास्थ्य चौकीमा प्रसूति सेवा नहुँदा निकै गाह्रो भएको स्थानीय तारा भण्डारीले जानकारी दिईन् । गाउँ भएर स्वास्थ्य चौकीमा आउने पानी व्यवस्थापन गर्न नसक्दा पानीको अभाव भएको हो ।
तल्लादेही स्वास्थ्य चौकीमा पानीको अभावमा प्रसूति सेवा बन्द भएपछि पानीको व्यवस्थापनका लागि छलफल सुरु गरिएको हेल्थ फाउन्डेसन नेपालका जिल्ला संयोजक अम्बादत्त अवस्थीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार