त्रिवेणीमा जीपसेवा सञ्चालन



बाजुरा । त्रिवेणी नगरपालिकामा पहिलो पटक जीप सेवा सञ्चालनमा आएको छ । ग्रामीण पहुँच तेस्रो चरण कार्यक्रम अन्तर्गत निर्माण गरिएको सडकमा पहिलो पटक जीप सेवा सञ्चालनमा आएको त्रिवेणी नगरपालिकाले जनाएको छ ।
मौरे–कैलासमाण्डौको ११ किलोमिटर र मौरे–तोली–छताराको १७ किलोमिटर सडक निर्माण कार्य अन्तिम चरणमा पुगेसंगै जीपसेवा पुगेको छ ।
बुढीगंगा नदीले वारीपारी सहज यात्रा गर्न कठिने हुने भए पनि त्रिवेणी नगरपालिका क्षेत्रका अधिकांश वडामा सडक विस्तार भएको नगर प्रमुख रामसिंह रावलले बताए ।
कैलासमाण्डौंको डाँडा र छताराको सिम्लामा पहिलो पटक सात वटा जीप पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्