३ आश्विन २०८१, बिहीबार

बाजुरा क्याम्पसमा सरस्वतीको मूर्ति स्थापना



बाजुरा । बाजुरा क्याम्पसमा सरस्वतीको मूर्ति प्रतिस्थापन गरिएको छ । विद्याकी देवी सरस्वतीको मूर्ति राख्दा विद्यार्थीलाई पूजा आराधना गर्न सजिले हुने र धार्मिक आस्था पनि बढ्ने भन्दै क्याम्पस प्रशासनले मन्दिर निर्माण गर्ने गरी मूर्ति प्रतिस्थापना गरेको हो ।
श्रीपञ्चमी अर्थात् सरस्वतीको अवसरमा मूर्ति प्रतिस्थापन गरिएको क्याम्पस प्रमुख सुरेश प्रसाद पण्डितले बताए । क्याम्पस आउँदा जाँदा विद्यार्थीलाई पुजा पाठ गर्न र सरस्वती माता प्रतिको विश्वास बढाउन मन्दिर नै निर्माण गर्ने गरी मूर्ति प्रतिस्थापन गरिएको क्याम्पस प्रमुख पण्डितले बताए ।
बाजुरा क्याम्पस सञ्चालक समितिको निर्णय अनुसार क्याम्पस प्रांगणमा सरस्वतीको मन्दिर निर्माण गरिने क्याम्पस सहायक प्रशासक मदनराज जैशीले बताए । भव्य बाजागाजा सहीतको सरस्वतीको मूर्ति क्याम्पस प्रांगणमा पुऱ्याइएको थियो ।
जैशी मूर्ति कला केन्द्र मार्तडीले निर्माण गरेको सरस्वतीको मूर्तिलाई अभिनन्दन सहीत क्याम्पसमा पुऱ्याएर विधि पूर्वक प्रतिस्थापन गरिएको छ । मूर्ति कर्णप्रसाद जैशीले निर्माण गरेका हुन् ।
मूर्तिलाई क्याम्पसका सहप्रध्यापक एवं पण्डित कुष्मराज पण्डितले धार्मीक विधी पूर्वक पुजा पाठ गरी क्याम्पसमा राखिएको छ । उक्त पुजा पाठ कर्ममा निमित्त स्थानीय विकास अधिकारी जंगबहादुर थापा सहीत क्याम्पस सञ्चालक समिति सदस्य, उपप्रध्यापक, विद्यार्थीहरुको भव्य उपस्थिति रहेको थियो ।
सरस्वती पुजा जिल्लाका सबै जसो विद्यालय र साधना गृह तथा सरस्वतीको मन्दिरमा भव्य रुपमा गरिएको छ । ऋतुहरुको राजा वसन्त ऋतुको सुरुवात हुने भएकोले आजको दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ ।
वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्तश्रवण गर्ने परम्परा छ । संगीत, कला, साहित्य र विद्याकी देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्रपाठ गरेमा पढ्न आउाछ भन्ने धार्मिक विश्वास छ ।
अहिले शैक्षिक सस्था थता घरघरमा सरस्तवी देवीको पुजा आराधना भईरहेको छ । आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ पनि गराइन्छ । सरस्वतीलाई महाविद्या, महावाणी, भारती, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार