२ जेष्ठ २०८१, बुधबार

ऐतिहासिक  क्षणको तयारी पूरा



धनगढी । प्रदेश नम्बर ७ का प्रदेश सभा सदस्यहरूको सपथ ग्रहण कार्यक्रमको तयारी धनगढीमा पूरा भएको छ । सपथ ग्रहणका लागि जिल्ला समन्वय समिति कैलालीको सभा कक्षलाई प्रदेश सभा भवनका रूपमा व्यवस्थित गरिएको छ ।
सभा कक्षमा प्रदेश सभा सदस्यहरूका लागि रातो कार्पेटमा राता कुर्सीहरूको व्यवस्था गरिएको छ । पछाडिका लहरमा पूर्व मन्त्रीहरू, पूर्व सांसदहरू, स्थानीय सहका प्रमुख/उपप्रमुखहरू, पत्रकारहरू, नेपाल सरकार विशिष्ठ अधिकृतहरूका लागि बस्ने व्यवस्था मिलाइको छ । आगन्तुकहरूका लागि सभा कक्ष बाहिर पनि टेन्टको व्यवस्था गरिएको छ । स्रदेश सभाका सांसदहरू आउने क्रम जारी छ । प्रदेश प्रमुख मोहनराज मल्ल काठमाडौंबाट स्थलमार्ग हुँदै आउँदै गर्दा सपथग्रहण कार्यक्रम दिउँसो १ बजेपछि मात्र शुरु हुने भएको छ । प्रदेश प्रमुखले प्रदेशसभाका ज्येष्ठ सदस्यलाई सपथ ग्रहण गराउने र त्यसपछि ज्येष्ठ सदस्यले अरु सदस्यहरूलाई सपथ गराउने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार