२७ पुष २०८१, शनिबार

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता : रन्तजीत र दिपेश फाइनलमा



कञ्चनपुर । राखेप च्याम्पियनसीप अन्तर्गत ३९ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको प्रतिस्पर्धामा नेपाली सेनाका रत्नजित तामाङ फाइनल प्रवेश गरेका छन् ।
महेन्द्रनगरस्थित कभर्डहलमा भएको सेमिफाईनलमा रत्नजीतले प्रिन्स दाहाललाई हराउदै फाइनलमा प्रवेश गरे ।
अर्का सेमिफाइनलमा एपिएफका दिपेश धामीले नेपाली सेनाका नविन श्रेष्ठलाई २१–१३, २१–९ ले पराजित गर्दै फाइनलमा प्रवेश गरे ।
नेपाल ब्याडमिन्टन संघको तत्त्वावधान तथा महेन्द्रनगर ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला एकलमा नेपाली सेनाकी नङगसल तामाङ र एपिएफका शिक्षा श्रेष्ठबीच उपाधीका लागि प्रतिस्पर्धा हुने भएको छ ।
नङगसलले एपिएफकी शोभा गौचनलाई २१–१३, २१–११ ले पाखा लगाईन् । त्यस्तै, शिक्षाले नेपाली सेनाकी अमिता गिरीलाई २२–२०, २१–१५ ले हराइन् ।
त्यस्तै, पुरुष जोडी तर्फको खेलमा सेनाका रत्नजित र नविन श्रेष्ठको जोडीले फाईनलमा उपाधीको लागि एपिएफका दिपेश धामी र विजित थापामगरको जोडीसंग प्रतिस्पर्धा गर्ने भएका छन् ।
रत्नजीत र नविनको जोडीले सेमिफाइनल खेलमा एपिएफका साजनकृष्ण ताम्राकार र सुदीप सेंढाईको जोडीलाई २१–१५, २१–१५ ले हरायो ।
त्यस्तै, दिपेश र विजितको जोडीले नेपाली सेनाका सुरोज महर्जन र प्रफुल्ल महर्जनको जोडीलाई २२–२०, २१–१७ ले पराजित गरे ।
त्यस्तै, महिला जोडी तर्फको खेलमा एपिएफकी पुजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडी फाईनलमा पुगे । पुजा र शिक्षाको जोडीले नेपाली सेनाका अमिता गिरी र रसिला महर्जनको जोडीलाई २१–९ र २१–८ ले पराजित गर्‍यो ।
त्यस्तै, अर्को सेमिफाइनलमा नङगसल र अनुको जोडीले पूर्वाञ्चलका जेशिका गुरुङ र सुनैना मुखियाको जोडीलाई २१–१५, २३–२५ र २१–१९ ले पराजित गर्‍यो ।
त्यसै, मिश्रित जोडी तर्फको खेलमा सेनाका नङगसल र रत्नजीतको जोडीले एपिएफका साजनकृष्ण ताम्राकार र शिक्षा श्रेष्ठको जोडीलाई २१–१८, २१–११ ले हरायो ।
त्यस्तै, एपिएफका विजित थापामगर र शोभा गौचनको जोडीले एपिएफकै दिपेश धामी र पुजा श्रेष्ठको जोडीलाई २१–१४, १६–२१ र २१–१८ ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार