२७ पुष २०८१, शनिबार

डोटीमा आन्दोलन झन् चर्कियो : झडपमा तीन घाइते



डोटी । सरकारले धनगढीलाई प्रदेशको अस्थायी राजधानी तोकेकोमा डोटीमा आन्दोलन झन् चर्केको छ । बिहीबार प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा तीन जना घाइते भएका छन् ।
आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालय भवनमा ढुंगामुढा गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।
अश्रुग्यास प्रहारबाट दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ का ४३ वर्षीय भरत बिक, ४० वर्षीय नारायण खड्का र केआईसिं गाउँपालिकाका करी भण्डारी घाइते भएका छन् । विकलाई थप उपचारको लागि धनगढी रिफर गरिएको सुजङ अस्पतालले जनाएको छ । अन्य दुई जनाको सुजङ अस्पताल राजपुरमा उपचार भइरहेको छ ।
आन्दोलनकारीले दिपायलको पिपल्ला बजारमा रहेको ट्राफिक प्रहरीको चेकपोष्टमा आगजनी गरेका छन् । डोटीका विभिन्न ठाउँमा राजधानीको माग गर्दै प्रदर्शन भएका छन् ।
उता, डडेल्धुरामा पनि आन्दोलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार