१० आश्विन २०८०, बुधबार

भण्डारीलाई एमालेको प्रदेश सदस्यको सपथ



धनगढी । नेकपा (एमाले) सात नम्बर प्रदेश कमिटीको बैठकले धनगढीका राजेश भण्डारीलाई लगायतका तीन जनालाई प्रदेश सदस्य र सल्लाहकारका रूपमा सपथ गराइएको छ ।
आम चुनाव २०७४ अघि नै प्रदेश कमिटीमा मनोनित धनगढीका राजेश भण्डारी, महेन्द्रनगरका नन्दलाल चटौतलाई प्रदेश कमिटीको सदस्य र धनगढीकै विष्णुबहादुर सिंहलाई सल्लाहकारका रूपमा आज सपथ गराइएको हो ।

राजेश भण्डारी

भण्डारी स्थानीय चुनावताका एमाले प्रवेश गरेका थिए । ०७१ को उपचुनावमा उम्मेदवार भएका भण्डारी राप्रपा नेपालका केन्द्रीय सदस्य पनि थिए । उनले एमाले जस्तो राष्ट्रवादी पार्टीमा काम गर्न पाउँदा आफूले गौरव महसुश गरेको बताए । चटौत र सिंह पनि राप्रपाबाटै २०७४ को आम चुनावका बेला एमाले प्रवेश गरेका हुन ।
तीनै जनालाई एमालेका केन्द्रीय उपाध्यक्ष तथा सात नम्बर प्रदेशका संयोजक भीम रावलले सपथ ग्रहण गराएका हुन ।

प्रतिक्रिया दिनुहोस्