६ कार्तिक २०८१, मंगलवार

सात नम्बर प्रदेश प्रमुखको चर्चामा मल्ल



धनगढी ।  पुराना राजनीतिज्ञ मोहनराज मल्ल प्रदेश प्रमुख बन्ने चर्चा गर्माएको छ । चार दशकभन्दा बढी समयदेखि कैलालीमा राजनीति गर्दै आएका पूर्व सांसद (राष्ट्रिय पञ्चायत सदस्य) मल्ल प्रदेश नम्बर ७ को प्रदेश अध्यक्ष बन्ने प्रबल सम्भावना रहेको बताइन्छ । मल्ल नेपाली काँग्रेसका महासमिति सदस्य हुन् ।
सरकारले प्रदेश प्रमुखको नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ । तर, संसद्को सबैभन्दा ठुलो दल नेकपा एमाले लगायतका केही दलले वर्तमान सरकारले प्रदेश प्रमुखको नियुक्ति गर्न नपाउने अडान राख्दै आएका छन् । दलहरूबिचको विवादका कारण प्रदेश प्रमुख नियुक्तिमा ढिलाइ भइरहेको छ ।
सरकारले अब बस्ने मन्त्री परिषदको बैठकबाट प्रदेश प्रमुखको नियुक्ति गर्ने सम्भावना रहेको छ । प्रदेश प्रमुख नियुक्त नहुँदा प्रदेश सभा सदस्यलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउने, समानुपातिकतर्फको मतगणना परिणाम घोषणा लगायतका प्रक्रिया अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार