६ कार्तिक २०८१, मंगलवार

गाउँपालिकाका अध्यक्ष सहित चार जना घाइते



गौरीगंगा । मोटरसाइकल दुर्घटनामापरी कैलालीमा गाउँपालिकाका अध्यक्ष सहित चार जना घाइते भएका छन् ।
आइतबार दिउँसो गौरीगंगा नगरपालिका–३, कुचैनी पुल नजिकमा मोटरसाइकल एक आपसमा ठोक्किदा चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्का मगरसहित चार जना घाइते भएका छन् ।
गाउँपालिका अध्यक्ष सवार से ३ प ४१६३ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ प ५९८३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।


अध्यक्ष रोकका मगरको पद्म अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । अध्यक्षको बाइकमा सवार चुरे गाउँपालिका बस्ने ४४ वर्षीय प्रेम आचार्य पनि गम्भीर घाइते रहेको कार्यालयले जनाएको छ ।
म.१.प ५९८३ का मोटरसाइकल चालक गौरीगंगा नगरपालिका बस्ने २४ वर्षीय मुन्ना चौधरी र सवार ३९ वर्षीय जितबहादुर मल्ल सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार