१४ कार्तिक २०८१, बुधबार

प्रधानमन्त्री देउवाको प्रश्न सत्ता कसलाई सुम्पने ?



कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् गठन नगरी सत्ता हस्तान्तरण नहुने बताएका छन् ।
‘निर्वाचनमा कसैको बहुमत आएको छैन । सत्ता कसलाई सुम्पने ?’ कैलालीको गोदावरीमा बाह्रराशी मकर मेलाको आइतबार उद्घाटन गर्दै परम देउवाले भने ‘कानुनी प्रक्रिया, संविधानको दायरा केही नबुझीकन सत्ता हस्तान्तरणको माग मात्र राखेर केही हु“दान ।’ उनले प्रधानमन्त्री हुन चाहने व्यक्तिले कानुन सम्मत रूपमा अगाडि आए एक मिनेटमै सत्ता छोड्न तयार रहेको बताए ।
‘मलाई सरकारमा बसी रहन मन छैन तर, राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गराउने मेरो लक्ष्य छ’ परम देउवाले भने । उनले राष्ट्रियसभा निर्वाचन पछि संसद्ले पूर्णता पाउने र त्यसपछि नयाँ सरकार गठन हुने बताए ।
नेपाली काँग्रेसका सभापति समेत रहेको देउवाले तिन दिनभित्रै प्रदेश प्रमुख र राजधानी तोक्ने बताए । ‘दलीय सहमतिको प्रयास गर्दा प्रदेश प्रमुख र राजधानी तोक्न ढिलाइ भएको छ’ उनले भने ‘अब सहमति नभएपनि तीन दिनभित्र प्रदेश प्रमुख र राजधानी सरकारले तोकिन्छ ।’
देउवाले ७ नम्बर प्रदेश धार्मिक र पर्यटकीय हिसाबले महत्त्वपूर्ण क्षेत्र रहेको र यस क्षेत्रको विकासका लागि आफू सधैँ कटिबद्ध रहेको बताए । ‘यहाँ गोदावरीमात्र होइन, खप्तड, बडीमालिका, शैलेश्वरी, उग्रतारा लगायतका धार्मिक स्थल छन्’ उनले भने ‘यी क्षेत्रको विकास र प्रवर्द्धन गर्न राज्य मात्र होइन निजी क्षेत्र पनि लाग्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार