१० श्रावण २०८१, बिहीबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १० मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
महेन्द्रनगरबाट भारततर्फ गइरहेको मोटरसाइकल बुधबार राति गड्डाचौकीमा रहेको भन्सारको बेरियरमा ठोक्किँदा भारतको रुद्रपुर बस्ने धिरज आर्यको ज्यान गएको प्रहरीले जनाएको छ ।
आर्यले चलाएको मोटरसाइकल राति साढे ११ बजे अनियन्त्रित भएर बेरिएरमा ठोक्किएको बताइएको छ ।
दुर्घटनामा गम्भीर घाइते आर्यको उपचारको क्रममा महाकाली अञ्चल अस्पतालमा ज्यान गएको ईलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।
मोटरसाइकलको पछाडि बसेका डडेल्धुराको चिरपुर–२ का जनक भट्टलाई सामन्य चोट लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार