६ कार्तिक २०८१, मंगलवार

माटोले पुरिएर एक बालकको मृत्यु



डोटी । डोटीको जोरायल गाउँपालिका वडा नम्बर ३ मा तरुल खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर एक बालकको ज्यान गएको छ ।
जोरायल गाउँपालिका–३, सरस्वतीनगरको नौकुणाका ओमबहादुर मगरका १० वर्षीय छोरा तुलबहादुरको तरुल खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर ज्यान गएको ईलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार