१० श्रावण २०८१, बिहीबार

सेवाग्राही र सेवाप्रदायकबीच अन्तरक्रिया



कञ्चनपुर । इन्सेक क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा बुधबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सेवा प्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया भएको छ ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जाफदेही बनाउन पहल परियोजना अन्तर्गत सो कार्यक्रम भएको इन्सेक जिल्ला संयोजक कोमलनिरन्जन भाटले बताए ।
कार्यक्रममा उठेका सवालको नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले जवाफ दिएका थिए ।
मानव अधिकार निगरानी समूह शुक्लाफाँटाकी अध्यक्ष सरस्वती साउँदको अध्यक्षतामा भएको कार्यक्रममा नगरस्तरीय शिक्षा शाखा, महिला शाखा, कृषि शाखा, स्वास्थ्य शाखा, र इलाका प्रहरी कार्यालय झलारीले कार्यालयले दिने सेवाका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार