१० श्रावण २०८१, बिहीबार

मृगौला फेल भएका बोहरा जीवनमरणको दोषाधमा



अछाम । दुवै मृगौला फेल भएका कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १३ फारामका हिमबहादुर बोहरा जीवनमरणको दोषादमा पुगेका छन् ।
तीन वर्षदेखि मृगौला रोगबाट पीडित बोहराको आर्थिक अवस्था कमजोर भएका कारण घरमै उपचार गराउदा ठिक नभएपछि अहिले काठमाडौमा रहेको टिचिङ अस्पतालमा उपचार गराइरहेका छन् ।
उनका बुबा हर्कबहादुर बोहराले छोराको जीवन बचाइदिन सबैसंग आग्रह गरेका छन् । उनले मजदूरी गरेर यसअघि श्रीमती पार्वतीको बल्लतल्ल पाठेघरको उपचार गराएको बताए ।
हर्कबहादुरका अनुसार चिकित्सकले हिमबहादुरको दुई महिनाभित्र मृर्गौला प्रत्यारोपण गर्न सल्लाह दिएका छन् । तर, आफ्नो कमजोर आर्थिक अवस्थाका कारण मृर्गौला प्रत्यारोपणको खर्च जोहो गर्न नसक्ने उनले बताए ।
२१ वर्षीय हिमबहादुरको मृर्गौला प्रत्यारोपणका लागि कम्तिमा पाँच लाख रुपैयाँ खर्च लाग्ने डाक्टरहरूले बताएको बुबा हर्कबहादुरले बताए । उनको परिवार तथा आफन्त अहिले काठमाडौं र धनगढीमा सहयोग रकम संकलन गरिरहेका छन् ।
‘हिम बचाउ’ अभियानका संयोजक सुरेन्द्र बोहराले भने– हामी सबै नेपाली दाजुभाई, दिदिबहिनीसंग सक्दो सहयोगका लागि याचना गर्दछौं ।
मृर्गौला रोगबाट पीडित हिमबहादुरको यस अघि भारतको विभिन्न अस्पताल तथा कोहलपुरमा उपचार गराइएको थियो । तर, रोग झन्झन् बल्झिदै गएपछि अहिले काठमाडौं टिचिङ अस्पताल लगिएको सुरेन्द्रले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार