११ आश्विन २०७९, मंगलवार

छाउपडी गोठमा युवतिको मृत्यु



अछाम । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ भैरवस्थानमा छाउपडी गोठमा सुतेकी २२ वर्षीया युवतिको मृत्यु भएको छ ।
महिनावारी भएको बेला छाउपडी गोठमा बसेकी गौरी बुढाको आइतबार राति मृत्यु भएको परिवार सदस्यले बताएका छन् ।
गौरि तुर्माखाँदस्थित कालिकेश्वरी माविमा कक्षा ११ मा अध्ययनरत थिइन् । बेलुकीपख खाना खाएर सुतेकी गौरी बिहान अबेरसम्म नउठेको र ढोका फोरेर हेर्दा मृतावस्थामा भेटिएकोउनका ससुरा डम्बरबहादुर बुढाले बताए ।
गत वर्षमात्रै पनि तिमिल्सेनमा डम्बरा उपाध्याय र गाज्रामा रोशनी तिरुवाको छाउपडी गोठमै सुतिरहेको अवस्थामा ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्