१० श्रावण २०८१, बिहीबार

स्वास्थ्य संस्थालाई सामग्री सहयोग



बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका र छेडेदह गाउँपालिकाका चार वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सेवा सहज र गुणस्तरीय बनाउन सहयोग पुग्ने सामग्री उपलब्ध गराइएको हो ।
बुढीगंगा नगरपालिकास्थित बाजुरा स्वास्थ्य चौकी, बाह्रबीस स्वास्थ्य चौकी र छेडेदह गाउँपालिकाका डोगडी र गुदुखाती स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग प्रदान गरिएको जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताए ।
सर्वसाधारणको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन दुर्गम गाउँ क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरिएको पीसविन सामुदायिक विकास परियोजना स्वास्थ्य श्रोतव्यक्ति चित्रराज जोशीले बताए ।
उनले चारवटा स्वास्थ्य संस्थामा अति आवश्यक र स्वास्थ्य संस्थाको मागका आधारमा साढे तीन लाख रुपैयाँ बराबरको सामग्री सहयोग गरिएको बताए ।
गुड नेवर्स इन्टरनेसनल र पीसविनको सहकार्यमा सञ्चालित सामुदायिक विकास परियोजनाको स्वास्थ्य सेवा सामग्री सहयोग गरिएको उनले बताए ।
सेवाको गुणस्तरमा समेत सुधार हुने विश्वास स्वास्थ्य कर्मीको छ । सहयोग स्वरुप ड्ेरसिङ ट्ेर, हस्पीटल बेड, इएनटी सेट, डेन्टल चियर, डेन्टल सेट, र्‍याक लगायत २० किसिमका सामान हस्तान्तरण गरिएको छ ।
सामग्री हस्तान्तरण कार्यक्रममा बाजुरा स्वास्थ्य चौकी इन्चार्ज विष्णुराज जैशी, बाह्रविस स्वास्थ्य चौकी इन्चार्ज कुलबहादुर रावल, बुढीगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक शाह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार