१० श्रावण २०८१, बिहीबार

दलित दम्पत्तिको हत्या प्रयास



कञ्चनपुर । कञ्चनपुरमा एक दलित दम्पत्तिको छुरा प्रहार गरी हत्या गर्ने प्रयास भएको छ । वेदकोट नगरपालिका वडा नम्बर ४, बैतडा सार्कीपार्की टोलका ३५ वर्षीय गोविन्द लुहार र ३० बर्षीया सरस्वती लुहारमाथि बिहीबार राती छुरा प्रहार भएको बताइएको छ ।
छुरा प्रहारबाट दलित दम्पत्ति गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमाकान्त जोशीले घाईते दुवैको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बाहिर पठाइएको बताए ।
उनले घटना बारे अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार