३१ बैशाख २०८१, सोमबार

खप्तड गोल्डकप शुरु



धनगढी । नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिताको दोस्रो संस्करण २०७४ आजदेखि शुरु भएको छ । प्रतिययोगिता माघ १ गतेसम्म सञ्चालन हुने भएको छ ।

प्रतियोगिता उद्घाटन गर्दे नेपाली कांग्रेसकी नेतृ तथा पूर्व साासद डा. आरजू राणा देउवा । तस्बिर : अनुमोदन

प्रतियोगिताको नेपाली काँग्रेसका नेतृ तथा पूर्व सांसद डा. आरजु राणा देउवाले उद्घाटन गरिन् । प्रतियोगिताको उद्घाटन गर्दे नेतृ देउवाले खेलकुदको माध्यमबाट शारीरिक तन्दुरुस्ति मात्र नभएर नेतृत्व क्षमता पनि विकास हुने बताइन् ।
उनले यस क्षेत्रको खेलकुद विकासमा आफू प्रतिवद्ध रहेको पनि बताइन् । खप्तड गोल्डकप, डीपीएल, फारवेष्ट पशुपति कप लगायतका खेलले यस क्षेत्रको खेलको विकासमा योगदान पुगाइरहेको चर्चा पनि उनले गरिन् ।
आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लवका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समिति अध्यक्ष दीपक सिंह, खेल कार्यक्रम संयोजक ध्रुव भट्टराई लगायतले बोलेका थिए । स्वागत वरिष्ठ उपाध्यक्ष बाबुराजा श्रेष्ठले गरेका थिए । उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लव र काठमाडौंको च्यासल युथ क्लव वीच प्रतिस्पर्धा भइरहेको छ ।
प्रतियोगितामा ए डिभिजनका मनाङ मस्र्याङ्दी, संकटा, त्रिभुवन आर्मी, झापा ११, साहारा क्लव पोखरा, अग्नी रूपन्देही ११, सुदूरपश्चिम ११, धरान फुटबल क्लव, एपिएफ क्लव, डुक स्टार क्लव भुटान, च्यासल युथ क्लव, र थ्री स्टार क्लवसहित १२ टिम सहभागी छन् ।
प्रतियोगिताको विजेतालाई ११ लाख ११ हजार र उपविजेतालाई पाँच लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । भने उत्कृष्ट खेलाडीलाई यमाहा मोटरसाइकल पुरस्कारस्वरुप दिइने जनाइएको छ ।
तीन हजार पाँच सय दर्शक क्षमताका दुई वटा प्याराफिट रहेको रंगशालामा पहिलो पटक कृत्रिम अस्थायी प्याराफिट निर्माण गरिएको छ । कृत्रिम प्याराफिटपछि एक हजार पाँच सय थप दर्शक अटाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार