३१ बैशाख २०८१, सोमबार

आजबाट खप्तड गोल्डकप



धनगढी । नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिता २०७४ आजबाट शुरु हुँदैछ ।
धनगढी क्षेत्रीय रंगशालामा सञ्चालन हुने गोल्डकपका लागि सबै तयारी पुरा भएको आयोजक सुदूरपश्चिम–११ स्पोटर््स क्लवले जनाएको छ । प्रतियोगिताको नेपाली काँग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लव र काठमाडौंको च्यासल युथ क्लव वीच प्रतिस्पर्धा हुने आयोजक क्लवका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।
खेल मैदान चारैतिर ब्यानर सहितका प्रायोजकहरूका वोर्डले घेरेर राखिएको छ । खेल मैदान निर्माण कार्य पुरा भएको क्लवका उपाध्यक्ष योगेन्द्र चन्दले जानकारी दिए ।
तीन हजार पाँच सय दर्शक क्षमताका दुई वटा प्याराफिट रहेको रंगशालामा पहिलो पटक कृत्रिम अस्थायी प्याराफिट निर्माण गरिएको छ । कृत्रिम प्याराफिटपछि एक हजार पाँच सय थप दर्शक अटाउनेछन् ।
प्रतियोगितामा ए डिभिजनका मनाङ मस्र्याङ्दी, संकटा, त्रिभुवन आर्मी, झापा ११, साहारा क्लव पोखरा, अग्नी रुपन्देही ११, सुदूरपश्चिम ११, धरान फुटबल क्लव, एपिएफ क्लव, डुक स्टार क्लव भुटान, च्यासल युथ क्लव, र थ्री स्टार क्लवसहित १२ टिम सहभागी हुने छन् ।
प्रतियोगिताको विजेताले ११ लाख ११ हजार र उपविजेतालाई पाँच लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार