६ कार्तिक २०८१, मंगलवार

विकासका लागि जनता र सरोकारवालासँग छलफल



बाजुरा । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्नपछि धेरै विजय भएका सांसद काठमाडौंतिर लागेका छन् । प्रदेशदेखि केन्द्रसम्म मन्त्री बन्नेदेखि केन्द्रीय राजनीतिमा दौडधुपमा लागि रहेका छन् । तर, बाजुरा जिल्लाका प्रतिनिधि सभा सदस्य लालबहादुर थापा भने बाजुराको विकासका लागि स्थानीय र सरोकारवालासँग छलफल गरिरहेका छन् ।
बाजुरामा जिल्ला गरीबीमा सबै भन्दा पुछारमा रहेको छ । बाजुरामा गरीबी निवारण कोषले निकालेको प्रतिवेदनमा ७२ प्रतिशत गरिबदर देखाएको छ ।
बाजुरा जिल्लाको गरीबी दर कम गर्न र विकासका लागि सांसद लालबहादुर थापाले छलफल चलाएको एमाले प्रचार विभाग प्रमुख अम्मरबहादुर खड्काले बताए ।
सांसद लालबहादुर थापाले जिल्लास्थित सरोकारवालासँग मात्र नभई गाउँघरमा गएर जनताका समस्याका बारेमा छलफल चलाएका छन् । बुढीगंगा नगरपालिका–३, ताप्राका चन्द्रबहादुर थापाले भने, पहिला सबै जितेपछि काठमाडौं गइहाल्थे, चुनावका बेलामात्र जनतासँग समन्वय हुने गथ्र्ये, तर लालबहादुर थापा भने विजय भइसकेपछि पनि जनताको घर दैलोमा पुगेको बताए ।
प्रतिनिधि सभा सदस्य लालबहादुर थापाले जनताले आफूलाई विजय गराए, त्यसैगरी जनताको काममा रातदिन खटिने बताए । जिल्लामा लामो समयसम्म ठेक्का भएका तर काम नभएका योजना सम्पन्न गर्न पहल गर्ने, नबनाएमा कार्यवाहिका लागि पहल गर्ने थापाले थपे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार