२७ पुष २०८१, शनिबार

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता : २३ स्वर्णसहित नेपाल च्याम्पियन बन्यो



धनगढी । धनगढीमा सञ्चालन भएको आठौं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ ।
बिहीबार अबेर राति समापन भएको प्रतियोगितामा २३ स्वर्णसहित नेपालले ९४ पदक जितेको छ ।
एक सय ६८ पदकका लागि भएको प्रतियोगितामा नेपालले २३ स्वर्ण, २३ रजत र ४८ काँस्य पदक जितेको छ ।
त्यस्तै, भारतले ५१ पदक जितेर दोस्रो स्थान प्राप्त गरेको छ । भारतले नौ स्वर्ण, १३ रजत र २९ वटा काँस्य पदक जितेको छ ।
त्यस्तै, प्रतियोगितामा भुटानले तृतीय स्थान प्राप्त गरेको छ । भुटानले ६ स्वर्ण, दुई रजत र एक काँस्य पदक प्राप्त गरेको छ ।
श्रीलकाले दुई स्वर्ण, एक रजत र चार काँस्य सहित सात, बगलादेशले एक स्वर्ण तथा दुई रजत र दुई काँस्य पदक जितेको छ ।
त्यस्तै, पाकिस्तानले एक स्वर्ण र एक रजत पदक प्राप्त गरेको छ ।
प्रतियोगिताका सयोजक तथा आयोजक गोजुरियो कराते दो (युजेनकाई) संघका महासचिव प्रकाश चन्दले प्रतियोगितामा छ देशका गरी पौने पाँच सय जना खेलाडीले भाग लिएको बताए ।
प्रतियोगितामा कुमुतो विधातर्फ एपीएफले प्रथम हँुदै ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने दोस्रो भएको सुदूरपश्चिमाञ्चलले ३१ हजार रुपैयाँ प्राप्त गरेको छ । तृतीय स्थान प्राप्त गरेको पश्चिमाञ्चलले २१ हजार रुपैयाँ पुरस्कार पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार