६ कार्तिक २०८१, मंगलवार

फारवेष्ट पशुपति कप च्याम्पीयन



धनगढी । फारवेष्ट पशुपति कपको उपाधीमाथि आयोजक टिमले नै कब्जा जमाएको छ । प्रतिस्पर्धात्मक फाईनल खेलमा आयोजक फारवेष्ट पशुपति युवा क्लवले पिएफए अत्तरियालाई ट्राईब्रेकरमा हरायो । फारवेष्टले पिएफएलाई ट्राईब्रेकरमा ४–३ ले पराजीत गर्दै उपाधी चुम्यो ।
निर्धारीत ९० मिनेटको खेलमा दुवै टिमले गोल गर्न नसकेपछि १५ मिनेट समय थपएको थियो । थप गरिएको समयमा पनि कुनै पनि टिमबाट गोल हुन सकेन । र, नतिजा ट्राइब्रेकरमा पुग्यो । ट्राईब्रेकरमा फिएफए अत्तरीयाका विश्व अधिकारी र जनक कार्कीको प्रहार गोल पोष्ट बाहिर गयो । फारवेष्ट पशुपति क्लवका जिको आईस्याकको प्रहार पनि पिएफएका गोलकिपर टेकेन्द्र थापाले बचाएका थिए ।
उपाधिसंगै फारवेष्ट पशुपति क्लवले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । । उपविजेता पिएफए अत्तरियाले एक लाख ५० हजार रुपैया प्राप्त गरे ।
मंसीर २८ गतेदेखि सुरु भएको प्रतियोगिताको वेष्ट प्लेयर आयोजक टिमका रोशन खत्री, बेष्ट गोलकर्ता आयोजक टिमकै सेगुन, बेष्ट डिफेन्डर पिएफएका अमित तामाङ, बेष्ट गोलकिपर आयोजक टिमका प्रीतम खड्का र उदयमान खेलाडी आयोजक टिमकै दिपेन्द्र बुढा भएका छन् । उत्कृष्ट खेलाडीहरुले जनही १०/१० हजारका दरले नगद पुरस्कार पाएका छन् ।
फारवेष्ट पशुपति क्लवको चौथौ संस्करणका लागि नगद पुरस्कार राशी वढाईएको घोषणा आयोजकले तेस्रो संस्करणको समापनमा गरेको छ । विजेतालाई नगद ४ लाख र उपविजेतालाई नगद दुई लाख पुरस्कार दिईने आयोजक फारवेष्ट पशुपति युवा क्लवका अध्यक्ष खेम रावतले घोषणा गरे । १० दिनसम्म सञ्चालन भएको प्रतियोगितामा देशभरका १६ टीमले सहभागीता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार