६ कार्तिक २०८१, मंगलवार

पार्टीले फैसला गरे मुख्यमन्त्री हुन्छु : तामाङ



धनगढी । नेकपा (एमाले) कञ्चनपुरका अध्यक्ष तथा क्षेत्र नम्बर १ प्रदेशसभा १ का सांसद तारा लामा तामाङले पार्टीले फैसला गरे आफू मुख्यमन्त्री बन्न तयार रहेको बताएका छन् ।
आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सांसद तामाङले म आफैले मुख्यमन्त्री हुन्छु भन्दा पनि पार्टीले दिएको खण्डमा जुनसुकै जिम्मेवारी पनि पूरा गर्ने बताए ।
पार्टीले पहिले प्रतिनिधिसभामा उठ्न भनेको थियो पछि प्रदेशमा चुनाव लडाइयो, केही जिम्मेवारी दिनकै लागि मलाई प्रदेशमा पठाइएको होला भन्ने मैले बुझेको छु नेता तामाङले भने ।
एक फरक प्रश्नको जवाफमा उनले प्रदेश राजधानी दिपायल, अत्तरिया, डडेल्धुरा हुनुपर्ने रस्साकस्सी चलिरहेको बेला सहजपुर, खानीडाँडातिरको सम्भाव्यता अध्ययन गर्न जरुरी भएको औंल्याए ।
एमाले अध्यक्ष समेत रहेका तामाङले प्रदेशसभाले प्रदेश राजधानी तोक्ने पनि बताए ।
७ नम्बर प्रदेशको विकासका लागि जलविद्युत, कृषि, जडीबुटी, वनजंगल र तालतलैयाको राम्रो सदुपयोग गर्नुपर्नेमा पनि उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार