६ माघ २०८१, आईतवार

बस पल्टिँदा एकको मृत्यु, चार घाइते



धनगढी । कैलालीको गौरीगंगा नगरपालिकामा पर्ने पूर्वपश्चिम राजमार्गको बढैपुर–राजीपुर सडकखण्डमा आइतबार यात्रुबाहक बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।
धनगढीबाट टीकापुर गइरहेको कर्णाली यातायातको से १ ख ११९२ नम्बरको बस दुर्घटना हुँदा ठेगाना नखुलेका १८ वर्षीय अर्जुन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । उनी बसका सहचालक हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख विनोद घिमिरेले दुर्घटनामा सामान्य घाइते भएका चार जनाको राजीपुरस्थित एक मेडिकलमा उपचार गराएर घर पठाइएको बताए । बाक्लो हुस्सु र कुहिरोका कारण बस पल्टिएको हुनसक्ने अनुमान गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार