२ जेष्ठ २०८१, बुधबार

आलुको बोक्रा ताछ्नुहुन्छ, पौष्टिक तत्व खेर जान्छ



हरेकको भान्सामा, हरेक छाक पाक्छ आलु । आलुको अनेक परिकार बन्छ । आलुलाई जसरी पनि खान सकिन्छ । उसिनेर खाए भयो । फाइदा गरे भयो । अरु तरकारीसँग मिसाउन सकियो । अचार बनाएर खान सकियो । तरकारी, खाजा सबै रुपमा आलु उपयोगी हुन्छ । पाचन यन्त्रमा सुधार, उच्च रक्तचाप नियन्त्रण, प्रतिरक्षा प्रणाली बलियो बनाउन आलु उपयोगी मानिन्छ ।

आलु स्वादिलो त हुन्छ नै, पौष्टिक पनि । आलुमा के पाइन्छ ?
– एउटा आलुमा १ सय १२ क्यालोरी उर्जा हुन्छ
– २ प्रतिशत प्रोटिन हुन्छ
– १ प्रतिशत खनिज हुन्छ
– ८० प्रतिशत पानी हुन्छ
– सय ग्राम आलुको खानयोग्य भागमा २२ दशमलव ९ प्रतिशत कार्वोहाइड्रेट हुन्छ
– ० दशमलव ६ ग्राम मिनरल्स हुन्छ
– आलु भिटामिन सिको राम्रो स्रोत हो

तर, गल्ती गर्छौ
यद्यपी आलु पकाउने क्रममा हामी यस्तो गल्ती गर्छौ, जसले यसमा रहेको पौष्टिक तत्व नष्ट हुन्छ । र, आलुको पोषक तत्व त्यसको बोक्रामा बढी हुन्छ, जुन हामी ताछेर मिल्काउँछौ ।

आलुको बोक्रा स्वास्थ्यका लागि लाभदायक हुन्छ ।
१. बोक्रासहित आलुको तरकारी पकाउँदा यसको स्वाद त बढ्छ नै अतिरिक्त पोषण पनि प्राप्त हुन्छ । किनभने आलुको बोक्रा पोषक तत्वले भरिपूर्ण हुन्छ ।
२. बोक्रासहित आलुको सेवनले फाइबर पनि प्राप्त हुन्छ र पाचन सम्वन्धि समस्याहरुको सामना गर्नु पर्दैन ।
३. आलुको बोक्राको सेवनले तपाईंको मेटाबोलिज्म मात्र बढाउँदैन कि शरीरमा आइरनको कमी पनि पूरा गर्छ र एनीमियाबाट पनि बचाउँछ । आलुको बोक्रा आइरनबाट भरपुर हुन्छ ।
४. स्वास्थ्यका लागि मात्र नभएर सौन्दर्यका निम्ति पनि आलुको बोक्रा लाभदायक हुन्छ । आलुको बोक्रालाई छालामा रगड्दा छालाको चाउरीपन तथा दाग धब्बाबाट बच्न सकिन्छ ।
५. आलुको बोक्राले कपाललाई पनि मजबुत बनाउन सहयोग गर्छ । गर्मीमा त्वचालाई शीतलता प्रदान गर्न पनि आलुको बोक्रा काम आउँछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार