१६ बैशाख २०८१, आईतवार

फारवेष्ट पशुपति कप फुटवल : एपिएफ र अत्तरिया स्पोर्टस एकेडेमी दोस्रो चरणमा



धनगढी । धनगढीमा जारी ग्यालेक्सी पव्लिक स्कुल फारवेष्ट पशुपति कप फुटवल प्रतियोगितामा शुक्रबार भएका खेल जित्दै एपिएफ र र फारवेष्ट अत्तरिया स्पोर्टस् एकेडेमी दोस्रो चरणमा प्रवेश गरेका छन् ।
धनगढी रंगशालामा भएको पहिलो खेलमा एपिएफ क्वाटरफाईनलमा पुगेको छ । फारवेष्ट अत्तरीया स्पोर्टस एकेडेमी विपक्षी टीम अनुपस्थित भएपछि वाई पाएर अन्तिम आठमा पुगेको हो ।
एपिएफले मनकामना युवा क्लव जुगेडालाई २–० ले पराजित गर्‍यो । विदेशी खेलाडी सहित मैदान उत्रिएको एपिएफले पहिलो हाफको सुरुवातमै दुई गोल गरेको थियो ।
एपिएफका विशाल राईले पहिलो हाफको १३ औं मिनेटमा गोल गरेका थिए । त्यसको १२ मिनेटपछि अभिषेक रिजालले २५ औं मिनेटमा गोल थपे ।
आज (शनिबार) दुई खेल हुने जनाइएको छ । पहिलो खेल फारवेष्ट पशुपति युवा क्लव ए र नेपाल प्रहरी तथा दोस्रो खेल फारवेष्ट पशुपति युवा क्लव वी र पशुपति स्कीमिमर्सबीच हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार