११ श्रावण २०८१, शुक्रबार

नवनिर्वाचित जनप्रतिनिधिहरु मतदातासंग खुसी साट्दै



धनगढी । केही दिनअघिसम्म भोट माग्न व्यस्त रहेका कैलालीका विभिन्न क्षेत्रबाट निर्वाचित प्रतिनीधिसभा र प्रदेशसभाका सांसदहरु अहिले मतदातालाई धन्यवाद दिनमा व्यस्त भएका छन ।
कैलाली क्षेत्र नम्वर ४ बाट प्रतिनीधिसभाका सांसद तथा माओवादीको केन्द्रीय सचिवालय सदस्य नेता लेखराज भट्टले आज सहजपुर क्षेत्रमा मतदातालाई धन्यवाद दिने कार्यक्रम राखेका थिए । सोही क्षेत्रको प्रदेश १ बाट निर्बाचित एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारीले मसुरिया र चौमाला क्षेत्रमा मतदातासंग भेटघाट गरेका छन । उनले मंगलबार पनि गोदावरी र गौरीगंगा नगरपालिकामा मतदातासंग विजयको सुखी साटेका थिए ।
क्षेत्र नम्वर ३ का प्रतिनीधिसभाका सांसद गौरीशंकर चौधरी, प्रदेश १ का वीमान चौधरी र प्रदेश २ का अमर साउद पनि मतदातासंग खुसी साटिरहेका छन । आफूले कैलारी र भजनीमा जनतासंग भेटिरहेको सांसद चौधरीले बताए ।
क्षेत्र नम्वर २ तीनै जना सांसद पनि आजदेखि आफ्नो क्षेत्रमा मतदातासंगै सुखीयाली बाँडिरहेका छन । क्षेत्र नम्वर २ का प्रतिनीधिसभाका सांसद तथा एमालेका वैकल्पीक केन्द्रीय सदस्य झपट रावल, प्रदेशसभाका सांसदहरु रतन थापा र राजेन्द्र थापाको टोली आज मात्रै आफ्नो क्षेत्रमा पुगेको छ ।
सवैभन्दा पहिले निर्वाचन परिणाम आएको कैलाली क्षेत्र नम्वर ५ का प्रतिनीधिसभाका सांसद तथा एमालेका वैकल्पीक केन्द्रीय सदस्य नारदमुनी राना र प्रदेश १ का सांसद नेपालू चौधरीले पनि फुलवारी लगायतका क्षेत्रमा मतदाता भेटघाट गरिहरेका छन ।
एमाले अध्यक्ष तथा क्षेत्र नम्वर ४ प्रदेश १ का सांसाद सोडारी मतदाता भेटघाटमा जनताले चुनावताका दिएका आश्वासन पुरा गर्न आग्रह गरेको बताउछन ।
कैलालीमा नेपाली काँग्रेसबाट प्रदेश सभा सदस्यमा निर्वाचित कैलाली क्षेत्र नम्बर १ प्रदेश १ का डाक्टर रणबहादुर रावल र क्षेत्र नम्बर ५ को १ का डिल्लीराज पन्त आफ्नो क्षेत्रका मतदातालाई भेट्न तथा धन्यवाद दिन व्यस्त रहेका छन् ।
चुनाव नतिजा घोषणा भएको भोलीपल्टदेखि नै प्रदेश सभा सदस्य डाक्टर रावलले हरेक दिन बिहानदेखि नै मतदाताकहाँ पुग्ने र धन्यवाद दिने गरिरहेका छन् ।
त्यस्तै, क्षेत्र नम्बर ५ ख का प्रदेश सभा सदस्य पन्तले आफ्नो चुनाव क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिकाका सबै आठ वडाका प्रत्येक टोलमा गएर मतदातालाई धन्यवाद ज्ञापन गरिरहेका छन् । उनले आफूले सकेसम्म सबै टोलमा गएर मतदानका लागि धन्यवाद ज्ञापन गर्नुका साथै आगामी दिनमा गर्नुपर्ने कामका बारेमा छलफल समेत गरिरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार