१ आश्विन २०८१, मंगलवार

समानुपातिक तर्फको मतगणना जारी : प्रदेश ७ मा काँग्रेस अग्रस्थानमा



धनगढी । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मत गणना जारी रहेको छ ।
सोमबारसम्म प्रदेश नम्बर ७ का पाँच जिल्लाको समानुपातिकतर्फको मत गणना पुरा भएको जनाइएको छ ।
पाँच जिल्लाको समानुपातिकतर्फको मत गणनामा नेपाली काँग्रेस अग्रस्थानमा रहेको छ । भने नेकपा एमाले दोस्रो स्थानमा रहेको छ ।
निर्वाचन आयोगको वेवसाइटमा उल्लेख भएअनुसार सोमबारसम्म प्रदेश नम्बर ७ मा नेपाली काँग्रेसले एक लाख १४ हजार चार सय सात मत प्राप्त गरेको छ । त्यस्तै, नेकपा एमालेले एक लाख पाँच हजार एक सय ७१ मत प्राप्त गरेको छ ।
प्रदेश नम्बर ७ मा समानुपातिकतर्फको मत गणना भइरहेका पाँच जिल्लामध्ये तीनमा काँग्रेस तथा दुई जिल्लामा एमालेले बढी मत प्राप्त गरेका छन् ।
सोमबारसम्म प्रदेश नम्बर ७ का डडेल्धुरा, बझाङ, बाजुरा, दार्चुला र बैतडीको समानुपातिकतर्फको मतगणनाका अन्तिम परिणाम घोषणा भएको छ ।
घोषणा भएको मतपरिणामअनुसार तीन जिल्लामा नेपाली काँग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । दुई जिल्लामा नेकपा एमाले पहिलो भएको छ । भने मत परिणाम घोषणा भएका सबै जिल्लामा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।
नेपाली काँग्रेसले बझाङ, दार्चुला र डडेल्धुरामा सबैभन्दा बढी मत प्राप्त गरेको छ । भने नेकपा एमालले बाजुरा र बैतडीमा अग्रस्थानमा रहेको छ ।
डडेल्धुरामा समानुपातिक तर्फ नेपाली काँग्रेसले २५ हजार एक सय ४८ मत प्राप्त गरेको छ । त्यस्तै, नेकपा एमालेले १४ हजार एक सय ८० तथा नेकपा माओवादी केन्द्रले सात हजार नौ सय ५७ मत प्राप्त गरेको छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले एक सय ९९, राष्ट्रिय जनता पार्टीले १९, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले दुई ६५, संघीय समाजवादी फोरमले २३, राष्ट्रिय जनमोर्चाले तीन सय तीन, नेपाल मजदूर किसान पार्टीले २४, राष्ट्रिय जनमुक्ति पार्टीले १३, नेपाली जनता दलले एक सय २२, संघीय लोकतान्त्रिक राष्टिय मञ्च (थरुहट) ले ७, नयाँशक्ति पार्टी नेपालले ४२, विवेकशिल साझा पार्टीले तीन सय ६३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ ।
त्यस्तै, दार्चुलामा समानुपातिकतर्फको जम्मा सदर मत ५४ हजार पाँच सय तीन रहेको जनाइएको छ । प्रतिनिधि सभातर्फको समानुपातिकमा नेपाली काँग्रेसले २१ हजार चार सय ६८ र नेकपा एमाले २० हजार छ सय दुई तथा माओवादी केन्द्रले छ हजार नौ सय ८५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई सय र विवेकशिल साझा पार्टीले एक सय ३२ मत प्राप्त गरेका छन् ।
त्यस्तै, दार्चुलामा प्रदेश सभा सदस्यको समानुपातिकतर्फ नेपाली काँग्रेसले १९ हजार नौ सय ८० मत प्राप्त गरेको छ भने नेकपा एमालेले १८ हजार नौ सय ८३ मत प्राप्त गरेको छ ।
त्यस्तै, माओवादी केन्द्रले सात हजार नौ सय ८६ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई सय ८४ मत प्राप्त गरेको छ ।
बझाङमा प्रतिनिधि सभातर्फ समानुपातिकको ६६ हजार पाँच सय ७७ सदर मत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बझाङमा प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ नेपाली काँग्रेसले २४ हजार सात सय ५५ मत प्राप्त गरेको छ । त्यस्तै, नेकपा एमालेले २४ हजार चार सय ८७ प्राप्त गरेको छ । त्यस्तै, माओवादी केन्द्रले आठ हजार छ सय ५२, विवेकशिल साझा पार्टीले पाँच सय ३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक सय ५२ मत प्राप्त गरेका छन् ।
बझाङमा प्रदेश सभा सदस्यतर्फ नेपाली काँग्रेसले २२ हजार नौ सय ६३, नेकपा एमालेले २० हजार आठ सय चार र माओवादी केन्द्रले १० हजार छ सय ३३ मत प्राप्त गरेका छन् । त्यस्तै, विवेकशिल साझा पार्टीले तीन सय ६४ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई सय ८९ मत प्राप्त गरेका छन् ।
बाजुरामा प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ ५३ हजार दुई सय २२ सदर मत रहेकोमा नेकपा एमालेले २२ हजार पाँच सय ८१ मत प्राप्त गरेको छ ।
त्यस्तै, नेपाली काँग्रेसले २१ हजार सात सय ५१ र माओवादी केन्द्रले पाँच हजार एक सय ५२ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी पाँच सय ११ र नयाँशक्ति पार्टी नेपालले दुई सय २२ मत प्राप्त गरेका छन् ।
बाजुरामा प्रदेश सभा सदस्यको समानुपातिकतर्फ नेकपा एमालेले २२ हजार दुई सय ६७, नेपाली काँग्रेसले २१ हजार एक सय दुई र माओवादी केन्द्रले चार हजार सात सय ३२ मत प्राप्त गरेका छन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक सय ९२, नयाँशक्ति पार्टी नेपालले एक सय ६४ मत प्राप्त गरेका छन् ।
बैतडीमा प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ ७४ हजार सात सय ७५ सदर मत रहेको छ ।
त्यसमध्ये नेकपा एमालेले २३ हजार तीन सय २३ मत प्राप्त गरेको छ ।
त्यस्तै, नेपाली काँग्रेसले २१ हजार दुई सय ८५ तथा माओवादी केन्द्रले ११ हजार दुई सय १२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार हजार आठ सय ५० तथा विवेकशिल साझा पार्टीले दुई सय ७९ मत प्राप्त गरेका छन् ।
बैतडीमा प्रदेश सभा सदस्यको समानुपातिकतर्फ नेकपा एमालेले २१ हजार ६४ मत प्राप्त गरेको छ भने नेपाली काँग्रेसले १८ हजार दुई सय ६२ प्राप्त गरेको छ ।
त्यस्तै, माओवादी केन्द्रले ११ हजार तीन सय ७५, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच हजार एक सय ४९ तथा विवेकशिल साझा पार्टीले एक सय १० मत प्राप्त गरेका छन् ।
कैलाली, डोटी, अछाम र कञ्चनपुरमा समानुपातिकतर्फको मतगणना जारी रहेको जनाइएको छ ।

मंसिर २६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार