१० श्रावण २०८१, बिहीबार

देउवा विजयी : प्रदेश नं. ७ मा काँग्रेसको खाता खुल्यो



धनगढी । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले २८ हजार ४४ मत प्राप्त गरी बाम गठबन्धनका खगराज भट्टलाई ७ हजार मतले पछि पार्दै विजयी हुनु भएको छ । भट्टले २१ हजार ११५ मत पाउनु भएको छ । देउवा छैठौं पटक निर्वाचित हुनुभएको हो । डडेल्धुराबाट प्रदेश सभा सदस्यमा एमालेका जिल्ला अध्यक्ष डाक्टर तारा जोशीलाई ४ सय मतलेपछि पार्दै काँग्रेस नेता कर्णबहादुर मल्ल विजयी हुनु भएको छ । प्रदेश सभा सदस्यको अर्को क्षेत्रमा काँग्रेस नेता रघुबर भट्टलाई पराजित गर्दै एमालेका पठानसिंह बोहरा विजय हुनु भएको छ ।
अछाम जिल्लाको क्षेत्र नम्बर १ मा एमाले उपाध्यक्ष भीम रावल र क्षेत्र नम्बर २ मा एमाले नेता यज्ञ वोगटी अग्रस्थानमा छन् । प्रदेश सभा २ क मा बाम गठबन्धनका उम्मेदवार अक्कल रावल विजयी हुनुभएको छ ।
कञ्चनपुर क्षेत्र नम्बर १ बाट वा गठवन्धनका उम्मेदवार विना मगर, क्षेत्र नम्बर २ मा एमालेका नरबहादुर धामी, क्षेत्र नम्बर ३ मा डाक्टर दीपकप्रसाद भट्ट अगाडि छन् ।
कैलाली क्षेत्र नम्बर ५ मा एमाले उम्मेदवार नारदमूनी राना काँग्रेस उम्मेदवार आरजु राणा भन्दा २१ सय मतले अगाडि हुनुहुन्छ । रानाले २३ हजार २८ र राणाले १९ हजार ६७६ मत पाउनु भएको छ । प्रदेश सभामा एमाले नेता नेपालु चौधरी र काँग्रेस नेता डिल्लीराज पन्त अगाडि हुनहुन्छ ।
क्षेत्र नम्बर ४ मा बाम गठवन्धनका उम्मेदवार लेखराज भट्ट काग्रेस उम्मेदवार सुनिलकुमार भण्डारी भन्दा ७ हजार मतले अगाडि हुनुहुन्छ भने प्रदेश सभामा बाम गठबन्धनका उम्मेदवार दीर्घ सोडारी र कृष्णप्रसाद सुवेदी अगाडि हुनुहुन्छ ।
क्षेत्र नम्त्रर ३ मा वाम गठवन्धनका उम्मेदवार गौरीशंकर थारू काँग्रेस उम्मेदवार रामजनम चौधरीभन्दा २ हजार मतले अगाडि हुनुहुन्छ भने प्रदेश सभामा बाम गठबन्धनका उम्मेदवार अमर साउँद र वीरभान चौधरी अगाडि हुनुहुन्छ ।
क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार झपट रावल काँग्रेस उम्मेदवार मोहनसिंह राठौर भन्दा करीब १२ सय मतले अगाडि हुनुहुन्छ भने प्रदेश सभामा बाम गठबन्धनका उम्मेदवार रतन थापा र नन्दबहादुर साउँद अगाडि हुनुहुन्छ ।
क्षेत्र नम्बर १ मा राजपा उम्मेदवार रेशमलाल चौधरी एमाले उम्मेदवार भन्दा ८ हजार मतले अगाडि हुनुहुन्छ । १५ हजार मत गन्दा चौधरीले १० हजार मत पाउनु भएको छ । प्रदेश सभा क मा राजपा उम्मेदवार अगाडि छन् भने ख मा नेपाली काँग्रेसका रणबहादुर रावलले ४ हजार ७३५ र बाम गठवन्धनका नेपबहादुर चौधरी ३ हजार ३७९ र राजपा उम्मेदवारले २ हजार १५१ मत पाउनु भएको छ । यो सबै टीकापुर नगरपालिका वडा नम्बर १ को मत हो ।
डोटीमा एमाले उम्मेदवार प्रेम आलेमगर काँग्रेस उम्मेदवार बीरबहादुर बलायर भन्दा एक हजार मतले अगाडि हुनुहुन्छ । प्रदेश सभा क मा काँग्रेस उम्मेदवार भरत खडका एमाले उम्मेदवार चक्र मल्लभन्दा २ सय मतले अगाडि हुनुहुन्छ भने प्रदेश सभा ख मा काँग्रेस उम्मेदवार योागेन्द्र शाही भन्दा बाम गठवन्धनका उम्मेदवार त्रिलोचन भट्ट १७ सय मतले अगाडि हुनुहुन्छ ।
यसअघि बझांग, बाजुरा, बैतडी र बाजुरामा एमाले उम्मेदवार विजयी भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार