११ आश्विन २०७९, मंगलवार

मतपेटिका बोकेको गाडीमा बम प्रहार



डडेल्धुरा । डडेल्धुरामा मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ । शुक्रबार बिहान साढे नौ बजेतिर परशुराम नगरपालिका वडा नम्बर १२, कैनपानीमा बम विस्फोट भएको थियो ।
विस्फोटबाट बा १ झ ५५३९ नम्बरको गाडीमा सामान्य क्षति भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ । मतपेटिकामा भने क्षति नभएको प्रहरीले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद रिजालले शुक्रबार रातिसम्म जिल्लाका सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइएको बताए ।

प्रतिक्रिया दिनुहोस्