१० श्रावण २०८१, बिहीबार

बझाङ र बाजुरा बाम विजयी



धनगढी । बझाङमा प्रतिनिधिसभामा बामगठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका भैरवबहादुर सिंह वियजी भएका छन् । उनले ३४६१२ मत ल्याएका हुन भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहले २३२२२ मत पाए ।

बझाङबाट प्रतिनिधिसभामा विजयी सिंह

प्रदेशसभा क मा एमालेका अर्जुन थापा १७८६८ पाएर विजयी भएका छन् ।

प्रदेशसभा ख मा देवकी मल्ल थापा १६७४३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार नरेशबहादुर सिंह १४२४२ पाए ।

बाजुरा जिल्लाकाे प्रदेश १ बाट विजयी रेग्मी

बाजुरा जिल्लाकाे प्रदेश क मा नेकपा एमालेका उम्मेदवार बल्देब रेग्मी विजयी भएका छन् । एमाले जिल्ला सचिव समेत रहेका रेग्मीले नाै हजार अाठ ४० मत ल्यायर बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जनकराज गिरीकाे अाठ हजार तीन सय ११ मत पाएका छन् ।

पछिल्लाे मत परिणाम अनुसार प्रतिनिधिसभामा एमालेका लालबहादुर थापाले कांग्रेसका कबिराज पण्डितलार्इ उछिनेका छन् । थापाका १० हजार सात सय ६१ र पण्डितकाे १० हजार चार ४६ मत पाएका छन् । प्रदेश ख मा एमालेका प्रकाश शाहले नाै हजार एक सय १९  पाएका छन् भने कांग्रेसका पदम शाहीले हजार पाँच सय ८४ मत पाएका छन् ।

 दार्चुलामा प्रतिनिधिसभामा २७ हजार दुइ २० मतकाे परिणाम सार्वजनिक भएकाे छ । एमालेका गणेश ठगुन्नाले १४८९३ पाएर अगािड छन् । कांग्रेसका बिक्रम धामी १०८०४ मत पाएका छन् । प्रदेशसभा क मा ७६४८ गणना हुदा एमालेका गेल्बु बोहराले ४६३३ र कांग्रेसका मदन गिरीले ३४९१ पाएका छन् । प्रदेस सभा ख मा ८४३६ गणना हुदा माअाेवादी केन्द्रका मान ब.धामीले ४९३५ र कांग्रेसका जगदिश पालले ३५५१ पाएका छन् ।

डडेल्धुरामा मतपेटिका बोकेको गाडीलाई लक्षित गरी वम विस्फोट ललित बोहरा डडेल्धुरा, मंसिर २२ । डडेल्धुरामा मतमेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ । शुक्रबार बिहान ९ः३० बनेतिर जिल्लाको परशुराम नगरपालिका १२ कैनपानी भन्ने ठाउँमा बम विस्फोट गराइएको हो । बम विस्फोटबाट बा १ झ ५५३९ नम्बरको गाडीमा सामान्य क्षति भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाइएको छ । मतपेटिका भने सुरक्षित रहेको प्रहरीले जनाएको छ । अहिले सम्म १ सय १७ वटा मतदान केन्द्र मध्ये ७६ मतदान केन्द्रका मतपेटिकाहरु जिल्ला सदरमुकाम ल्याइएको छ, भने ४१ वटा केन्द्रका मतपेटिका आउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत डा.रमेशप्रसाद रिजालले जानकारी दिए । सबै मतपेटिका जिल्ला नपुगेका कारण मतगणना अझै ढिलो हुने जनाइएको छ । अन्य तयारी पुरा भएको जनाएको छ ।

अछाममा मतपेटिका संकलन कार्य सकिएकाे छ ।  कुल ६४ प्रतिशत मत खसेको छ । अहिले सर्बदलिय बैठक बस्ने तयरी भैरहेको छ । सर्बदलिय बैठक सकिए लगत्तै मतगणना गरिने अछामका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जनाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार