१० श्रावण २०८१, बिहीबार

उम्मेदवारले गरे मतदान



धनगढी । कैलाली क्षेत्र नम्बर ५ बाट संयुक्त बामगठबन्धनका प्रत्येक्ष प्रतिनिधि उम्मेदवार नारदमुनि रानाले मतदान गरेका छन् । उनले धनगढी उपमहानगरपालिका–८, धनगढी माविबाट मतदान गरेका हुन् ।
विवेकशील साझा पार्टीका उम्मेदवार दीनेशराज भण्डारीले पनि मतदान गरेका छन् । उनले धनगढी उपमहानगरपालिका–१, उपमहानगरपालिकाको प्राङ्गणबाट मतदान गरेका हुन् ।
लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार डाक्टर आरजु राणा देउवाले भने मतदान गर्न पाएनन् । उनको डडेल्धुरा मतदान केन्द्र रहेको छ ।
यस्तै प्रदेश (ख)का उम्मेदवार डिल्लीराज पन्तले पनि धनगढी उपमहानगरपालिकाको प्राङ्गणमा पुगी मतदान गरेका छन् ।
कैलाली क्षेत्र नम्बर ४ बाट संयुक्त बामगठबन्धनतर्फका प्रत्यक्ष प्रतिनिधि उम्मेदवार लेखराज भट्टले गोदावरी नगरपालिका–१, अत्तरिया स्थित घण्टेश्वरी माविबाट मतदान गरेका छन् ।
कैलाली क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईश्वरी न्यौपानेपनि मतदान गरिसकेकी छिन् ।
यस्तै गरी यस क्षेत्रका उम्मेदवारहरुले आ–आफ्नो मतदान केन्द्रबाट मतदान गरिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार