१४ कार्तिक २०८१, बुधबार

काँग्रेसले मात्रै आर्थिक समृद्धि ल्याउँछ– प्रधानमन्त्री



कञ्चनपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा नेपाली काँग्रेसले मात्रै मुलुकमा आर्थिक समृद्धि ल्याउने बताएका छन् ।
प्रधानमन्त्री देउवाले कञ्चनपुर लगायत सुदूरपश्चिमको अहिलेसम्मको आर्थिक विकास काँग्रेसका कारण मात्रै सम्भव भएको चर्चा गरे ।
‘काँग्रेस आदिवासी, जनजाति, अल्पसंख्यक, दलित, पछाडि पारिएका वर्ग, समुदाय सबैका लागि विकासको समान अवसर सिर्जना गर्न चाहन्छ’ शनिबार कञ्चनपुरको बेलौरीमा आयोजित चुनावी सभामा उनले मुलुकमा लगानी तथा समृद्धिका लागि काँग्रेसको जीत आवश्यक भएको बताए ।
‘नेपाली काँग्रेसकै नेतृत्वमा राणा शासनको अन्त्यदेखि प्रजातन्त्र/लोकतन्त्र स्थापना, माओवादीलाई सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा ल्याउनेदेखि राजाको निरंकुशताको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना सम्भव भएको हो’ उनले भने– ‘काँग्रेसकै नेतृत्वमा जारी भएको नेपालको संविधान कार्यान्वयनका लागि पनि काँग्रेसको विजय आवश्यक छ ।’ उनले आफूले २०७० सालको संविधान सभा सदस्य निर्वाचनताका जनतामाझ व्यक्त गरेको प्रतिवद्धताअनुसार कलुवापुर–बेलौरी सडकखण्ड कालोपत्रे, दैजी–बेल्डाँडी–बेलौरी–डोकेबजार सडकखण्ड कालोपत्रे र दोदा नदीमा पुल निर्माण भएको बताए ।
‘अझैं धेरै काम गर्न बाँकी छ’ उनले पश्चिम सेती र पञ्चेश्वर जलविद्युत आयोजना चाढै शुरु हुने बताए ।
प्रधानमन्त्रीले कैलाली र कञ्चनपुरमा रहेका रानाथारू समुदायलाई सूचीकृत गरिने बताए ।
प्रधानमन्त्री देउवाले शनिबार नै कञ्चनपुर क्षेत्र नम्बर २ को शुक्लाफाँटा नगरपालिकाको झलारी तथा क्षेत्र नम्बर ३ को महेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।

मंसिर १७ गते (epepar)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार