१० श्रावण २०८१, बिहीबार

मतदान अधिकृत हटाउन उजुरी



डोटी । डोटीमा एक जना मतदान अधिकृतको नियुक्ति रद्द गर्नका लागि निर्वाचन आयोगमा उजुरी परेको छ ।
डोटीको भवानीस्थान मावि सैनगाउँ (१) का लागि नियुक्त भएका मतदान अधिकृत चेजराज फुलारा गैरसरकारी संस्थाका कर्मचारी भएको भन्दै उनको नियुक्ति रद्द गराई पाउँ भन्दै नेकपा एमाले डोटीले निर्वाचन आयोगमा उजुरी हालेको छ ।
पार्टीका कार्यालय सचिव खडकबहादुर कठायतले मतदान अधिकृत चेजराज फुलारा गैरसरकारी संस्था परिवार नियोजन संघ डोटीका प्रमुख भएको र प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७४ को परिच्छेद ३ को मर्म र भावना विपरीत देखिएकाले फुलाराको नियुक्ति बदर गर्न एमालेले माग गरेको छ ।
डोटीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरूले मतदान अधिकृतहरू नियुक्ति लिएर आ–आफना निर्वाचन क्षेत्रमा खटिएको र भवानीस्थान मावि सैनगाउँ (१) का लागि नियुक्त हुनु भएका मतदान अधिकृत चेजराज फुलाराका विषयमा आफूले केही बोल्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार