११ आश्विन २०७९, मंगलवार

अछाममा काँग्रेसको चुनावी सभा



अछाम । नेपाली काँग्रेसले बिहीबार अछामको चौरपाटी गाउँपालिका गैरिलेकमा चुनावी सभा गरेको छ ।
चुनावी सभामा नेपाली काँग्रेस अछामका सभापति तथा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार भरतकुमार स्वाँरले समृद्ध अछाम निर्माणको सपना काँग्रेसबाट मात्रै सम्भव भएको बताए ।
उनले जिल्लाको विकास लागि रत्तीभर काम नगर्नेहरूले जनतासंग मत माग्ने अधिकार पनि नभएको बताए ।
उनले बर्सेनि कामको खोजीमा हजारौंको संख्यामा विदेशीने युवाहरूलाई लक्षित गरी रोजगारी सिर्जनाका लागि दीर्घकालीन योजना लागू गरिने बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार मेघराज खड्काले चौरपाटी र साँफेबगरलाई विकासको नमुना क्षेत्र बनाइने बताए ।
चुनावी सभामा पूर्व राज्यमन्त्री गोविन्दबहादुर शाह, पूर्व राजदूत बलबहादुर कुँवर महासमिति सदस्य राजन कुँवर, महाधिवेशन प्रतिनिधि टक्कर ताम्राकार, नेविसंघका केन्द्रीय उपाध्यक्ष पुष्पकुमार शाही, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य रामबहादुर कुँवर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्