१० श्रावण २०८१, बिहीबार

भिरमा फसेका नौ गाईको उद्दार



डोटी । सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायल पिपल्लास्थित सेती नदीको भिर चट्टानमा फसेका नौ वटा गाईको बिहीबार उद्दार गरिएको छ ।
इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख दिलबहादुर कुँवरले सेती नदीको चट्टानमा फसेका गाईहरूलाई प्रहरी, म्यादी प्रहरी तथा स्थानीयको सहयोगमा उद्दार गरी बाहिर निकालिएको बताए ।
ती गाईहरू सेती नदीमा बगेर आएको हुनसक्ने इलाका प्रहरी प्रमुख कुँवरले बताए । गाई फसेको खबर पाएपछि प्रहरी तथा स्थानीयले झण्डै दुई घण्टाको मिहिनेत पछि बाहिर निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार